राजनीतक स्वार्थको चपेटामा परे विद्यालय , पठन पाठन भए प्रभावित
मेवालाल यादव
राैतहट ।। रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ५ मा रहेको जनता नमूना माध्यमिक विद्यालय राजनितिक दलको चपेटामा परेको छ ! शिक्षकको गरिएको सरुवाको विषय लिएर राजनितिक दल नेकपा एमालेका नेताको इशारामा विद्यालयमा तालाबन्दी गरिएपछि विद्यालय राजनितिक दलको शिकार भएको हो !
विद्यालयमा कार्यरत रहेका प्राध्यानध्यापक विजयकान्त मिश्राको अवकास भएपछि उदय प्रकाश जायसवाल प्राध्यानध्यापक नयुक्त गरिए पछि विद्यालयमा तालाबन्दी गरिएको हो ! सोमबार स्थानीय अभिभावकले गरेको पत्रकार सम्मलेनमा राजनीतिक दलको कारण विद्यालयमा तालाबन्दी गरिएको बताएका छन !
अवकाश प्राप्त गरेका प्राध्यानध्यापक विजय कान्त मिश्राको नातेदार पर्ने इन्द्रदेव मिश्रालाइ प्राध्यानध्यापक बनाउनु पर्ने मांग राख्दै केहि विद्यार्थीहरुले विद्यालयमा असोज ७ गते देखि तालाबन्दी गरेको छ ! विद्यालयमा तालाबन्दी गरे पछि १६ सय विद्यार्थीको पठन पाठन प्रभावित समेत भएको छ ! पूर्व प्र अ मिश्रा नेकपा एमालेका संघीय सांसद किरण साहको समर्थक रहेको बुझिएको छ ! इन्द्रदेव मिश्रा पूर्व प्र अ को नातेदार भएकोले इन्द्रदेव मिश्रालाइ नै विद्यालयको प्र अ बनाउनु पर्ने केहि विद्यार्थीहरुको मांग रहेको छ !
पत्रकार सम्मलेनमा स्थानीय अभिभावक राजन साहले विद्यालय शान्तिपूर्ण क्षेत्रभएकोले बाधा अवरोध उत्पन्न गर्नु निंदनीय कार्य भएको टिपण्णी गरेका छन ! उहाले शिक्षालाइ प्राथमिकतामा राखेको भनेर प्रचार प्रसार गर्ने नेताले आफ्नो व्यक्तिगत स्वार्थको लागि विद्यालयमा तालाबन्दी गराउनु विद्यार्थीको भविष्य संग खेलवाड़ गर्नु नै रहेको टिपण्णी गरे ! राजपुर फरहदवा पूर्व मंत्री महमद आफताव आलम र वर्तमान प्रतिनिधि सभा सदस्य किरण साहको जन्मभूमि रहेको छ ! राजपुर नगरपालिकाका नगर प्रमुखमा पूर्व मंत्री आलमको छोरा डाक्टर राजिक आलम निर्वाचित भएका छन !
२०८० भाद्र १४ मा विजय कान्त मिश्रा अनिवार्य अवकाश प्राप्त गरे पछि नगर शिक्षा समितिले विद्यालयमा कार्यरत रहेका शिक्षक उदय प्रकाश जायसवाललाइ प्राध्यानध्यापक बनाएर जिम्मेवारी दिएका छन ! विद्यालयमा कार्यरत शिक्षक इन्द्रदेव मिश्रा शिक्षा विकाश समन्वय इकाईको सहयोगमा वड़ा नम्बर ९ बैरिया स्थित माध्यमिक विद्यालयमा सरुवा भएको गएको विषय लिएर विद्यालयमा तालाबन्दी गरिएको स्थानीय अभिभावक शिवराज साहले बताए ! काज सरुवा भएको शिक्षकको सट्टामा अर्को शिक्षक पदस्थापन गरिए पनि राजनितिक स्वार्थको लागि विद्यार्थीको भविष्य सँगै खिलवाड़ गर्ने कार्य भैरहेको स्थानीय अभिभावक राम एकवाल साहले बताएका छन ! उहाले विद्यालयमा गरिएको तालाबन्दी छिटै खोल्नु पर्ने मांग समेत गरे !
स्थानीय रविन्द्र साहले शिक्षा जस्तो सम्बेदंशील क्षेत्रमा राजनितिक हस्तक्षेप राम्रो नहुने टिपण्णी गर्दै लगाइएको ताला विना कुनै शर्त खोल्नु पर्ने धरना राखे ! पूर्व प्राध्यानध्यापक नागेन्द्र प्रसाद साह कानूले विद्यालयमा राजनितिक हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उत्पन्न भएको समस्याको छिटै समाधान गर्न स्थानीय सरकार संग आग्रह गरे !
विद्यालयमा अध्यन गरिरहेका विद्यार्थीको भविष्यलाइ अन्धकारमा राख्ने गरी कार्य गर्ने सांसद किरण साहको कार्य प्रति स्थानीयहरुले आक्रोश व्यक्त गर्दै दिएको मत खेर भएको भनी पश्चताप समेत गरे ! किरण साह नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा अहिले सम्म १३ वर्ष वितिसक्दा पनि व्यवस्थापन समितिको गठन गर्न सकिएको छैन ! १६ सय विद्यार्थी भएको उक्त विद्यालयको अवस्था जर्जर रहेको छ ! विद्यालयमा विषयगत शिक्षकको आभाव समेत रहेको प्राध्यानध्यापक जायसवालले बताए !
विद्यालयमा उच्च शिक्षामा १ जना ,माविमा १ जना , निमाविमा १ जना ,प्रा वि मा ५ जना ,राहतमा ३ जना , बाल विकाशमा १ जना ,बाल विकाश सहयोगीमा १ जना , नगर शिक्षक ३ जना कार्यरत रहेका छन ! राजनितिक स्वार्थको लागि विद्यालयमा गरिएको केहि गैर विद्यार्थीको सहयोगमा लगाइएको ताला खोलिएन भएन आन्दोलन गर्ने अभिभावकहरुले चेतावनी समेत दिएका छन ! विद्यालयमा गरिएको तालाबन्दीको विषयमा वड़ा अध्यक्ष कृष्णानदन रामले कुनै चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन !
प्रतिक्रिया दिनुहोस्