राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना

फाइल तस्बिर

२५ भदौ, काठमाडौं । शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ ।

शनिबार उक्त संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो ।

frontline

उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए ।

उनीहरुले नागरिकता विधेयक अहिले जबर्जस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए ।

धर्नामा सहभागी सो संगठनका कार्यकर्ताहरूले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिएका थिए ।

उनीहरुले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताएका थिए ।

ज्ञानेन्द्र शाहलाई श्रीपेच नलगाए सार्वभौमिकता र धर्म सकिने बताउँदै उनीहरुले अहिले विदेशीको ईसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here