रसुवागढी नाकामा चहलपहल
२ असोज, काठमाडौं । चिनियाँ नाकाबाट सामान बोकेका कन्टेनर भित्रिन थालेपछि रसुवागढी नाकामा चहलपहल बढेको छ ।
गत भदौ ३० गतेबाट नाकाबाट पुनः आयात सुरु भएपछि गएको तीन दिनमा ५६ वटा चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याएको बताइएको छ ।
बडादशैँलाई केन्द्रित गरी नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेकोे सीमा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्