रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक

३१ वैशाख, रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो।

frontline

नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ मत ल्याए। 

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो।

यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here