रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो
![](https://frontlinekhabar.com/wp-content/uploads/2024/12/ss-picture-61.jpg)
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Future.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/OM.jpg)
![](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/sujana.jpg)
![frontline](https://frontlinekhabar.com/wp-content/uploads/2021/04/Angels.jpg)
छवि र लिलाको बयान भएको छ भने रविसहितको अझै बयान भइसकेको छैन । पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना मंगलबार पक्राउ परेका हुन् ।
रविसहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।
प्रतिक्रिया दिनुहोस्