रवि लामिछानेले सम्हाले गृह मन्त्रालय, निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय
११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीका रुपमा सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । कार्यभार सम्हालेपछि नवनियुक्त गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।
उनले भने, ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’
लामिछानेले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्