रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

frontline

दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here