रकम अभाव देखाउँदै धुर्मुस सुन्तली क्रिकेट रंगशाला निर्माणको काम रोकियो

श्रोत : ईन्टरनेट

चीतवन । चीतवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको छ । दशैंमा उद्घाटन गर्ने भन्दै आएको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको कामवाट हात उठाएको हो ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा आमनागरिकबाट पैसा संकलन गरी १६ माघ २०७५ देखि रंगशाला निर्माण थालिएको थियो । ३५ प्रतिशत काम सकिएपछि रकम अभाव देखाउँदै फाउण्डेसनले चितवनमा रंगशाला बनाउने काम रोकेको छ । 

frontline

अभियन्ता धुर्मुसका अनुसार ३५ प्रतिशत काम सकिँदा ५४ करोड रुपैयाँ खर्च भएको छ । उनले भने– ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ । तर, त्यसले मात्रै नपुग्ने भयो।’ 

३ हजार दर्शकले हेर्न मिल्नेसम्म काम भएको वताएका कट्टेलले सरकारले थोरै सहयोग गरे एक वर्षभित्र रंगशाला बन्ने वताए । ‘सरकारलाई सहयोग गर्न भनेका छौं तर, हार खाएको छैन’ उनले भने–‘सरकारलाई सहयोगका लागि प्रस्ताव पत्र बुझाएका छौं।’

३ अर्ब अनुमानित लागतको महत्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यका साथ यो काम सुरु गरिएको हो ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो ।

चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here