यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर कुओमोले दिए राजीनामा
बुधबार, काठमाडौं । यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् ।
उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ ।
उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।
न्यूयोर्क राज्यको न्यायाधिवक्ताले गरेको अनुसन्धानमा कुओमोले प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौन उत्पीडन गरेको निष्कर्ष निकालिएको थियो ।
त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
डेमोक्रेट नेता कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् ।
राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे ।
तर पनि उनले भने, ‘अहिलेको मैले सहयोग गर्ने भनेको पछि हटेर नै हो ।’
प्रतिक्रिया दिनुहोस्