“योगदान राष्ट्रको लागि सुनसरी जिल्ला कमिटी गठन”

१ माघ, काठमाडौं । योगदान राष्ट्रको लागि सुनसरी जिल्ला कार्य समितिको बिधिबत गठन भएको छ ।

बिशुद्ध सामाजिक एब मानवीय सेवा कार्य गर्ने उद्देश्य लिएको संस्थाको अध्यक्षमा नरेन्द्र बस्नेत, उपाध्यक्षमा पुस्प ढुङगाना, सचिव मा रत्न रम्तेल, कोषाध्यक्षमा प्रल्लाद चन्द्रवंशी सहितको २१ सदस्य नयाँ जिल्ला कार्य समिति चयन भएको छ ।

frontline

कार्यक्रम मा केन्द्रिय सदस्य चेतना निरौलाले नब गठित समितिले मानवीय सेवा एवं सामाजिक क्षेत्रमा सकारात्मक कार्य गर्ने अपेक्षा सहित नब गठित समितिलाई बधाई एब कार्यकाल शुभकामना दिनु भयो।

नव निर्वाचित जिल्ला अध्यक्ष नरेन्द्र बस्नेत ज्यु ले आफुलाई योगदान राष्ट्रको लागि सस्था र दुघर्टना मा सयौं को ज्यान बचाउन सहयोग पुग्ने विश्वास राख्दै आफु यस सस्था प्रति प्रभावित भएको ब्यक्त गर्नु भयो ।

योगदान राष्ट्रको लागि अभियान ले देशभरिका लगभग ६५ जिल्ला भन्दा बढी जिल्ला हरु मा कमिटी सक्रिय रुपमा स्वयमसेवक हरु बिभिन्न आपतकालीन अवस्थामा‌ सेवा तथा उद्धार प्रदान भईरहेको छ ।

यस सस्थाको मुख्य उद्देश्य राज्य मा आपतकालीन तथा दुर्घटनामा को अबस्था मा उद्धार तथा स्वास्थ्य क्षेत्र मा जनचेतामूलक कार्यक्रमा, निशुल्क प्राथमिक उपचार तालिम तथा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा प्रदान गरिने संस्थाको केन्द्रीय सदस्य चेतनाका निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here