योगदान राष्ट्रको लागि अभियान को CFN HERO उपाधि सिंह र सेढाई लाई

योगदान राष्ट्रको लागि अभियान द्वारा आयोजित CFN “HERO OF THE MONTH ” को पदका बिजेता ललित सिंह ठकुरी र मिलन सेडाई रहनु भएको छ।

ललित सिंह ठकुरी योगदान राष्ट्रको लागि बझाङ जिल्ला अध्यक्ष हुनुहुन्छ साथै सिंह ले निरन्तर कोरोना संक्रमणका बिरामी हरु को माझ रही सहयोग गर्नुभएकोमा साथै योगदान राष्ट्रको लागि सुदूरपश्चिम धनगढीमा भएको प्रथामिक उपचार तालिम मा पनि वहाँको अमुल्य योगदान रहेको थियो ।

frontline

त्यसैगरी मिलन सेडाई योगदान राष्ट्रको लागि अभियानको आजीवन सदस्य पनि रहनुभएको छ साथै उहाँले कोरोना स्वास्थ्यकर्मी हरुलाई पि पि ई सहयोग का साथ frontline मा खटी आफ्नो निजी सवारी साधनलाई सर्वसाधारणलाई अस्पताल पुर्याउन मदत गर्नु भएको थियो ।

त्यसैगरी योगदान राष्ट्रको लागि अभियानमा कोरोना महामारी मा अतुलनीय सहयोग पुर्याउनु हुने ६ जना स्वयंसेवक ज्यू हरूलाई covid CFN volunteer award को उपाधि द्वारा सम्मान गरिएको छ।

उहाँहरु हुनुहुन्छ :

१)जीवानन्द पान्डे, दैलेख

२)अजीत कुमार कुशवाह, रौतहट

३) खेम राज उप्रेती, चितवन

४) ऊद्धव ढकाल, मकवानपुर

५) सम्योग ढकाल, मोरङ

६) मेघ राज अर्याल, रुपन्देही

सम्पूर्ण सम्मनित टिम लाई योगदान राष्ट्रको लागि अभियान का केन्द्रिय अध्यक्ष ओम उप्रेती ज्यु ले हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो र साथै अध्यक्ष उप्रेतीले यस्ता खालका अवार्ड ले स्वयंसेवक हरूलाई अझ थप प्रोत्साहन मिल्ने धारणा पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

poster-here