यूनियन लाइफको आइपिओ बाँडफाँट

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको हो ।

frontline

आजै शेयर बाँडफाँटको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँट गरेको छ ।

आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । क्यापिटलका अनुसार तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैंकिङ विवरण नमिल्दा रद्द भएको छ। यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको छ ।

२१ लाख १२ हजार ७९९ आवेदक बाँडफाँटका लागि योग्य भएकोमा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले आइपिओ पाएका छन् । यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

असार २४ देखि २८ गतेसम्म कम्पनीको आइपिओका लागि आवेदन खुलेको थियो।

क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा तथ्यांक प्रशोधनको काम सकिए पछि नतिजा अपलोड गरिनेछ ।

नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ। नतिजा अपलोड भए पछि आफूलाई शेयर परे नपरेको हेर्न सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here