यूएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग

२६ कार्तिक, दुबाई ।  यूएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबाई सहरका रहेको khidmah sole proprietorship llc कम्पनीले क्लिनरका लागि ३०० जना पुरुष र ३०० जना महिला गरि जम्मा ६०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

frontline

कामदारले तलब खान बस्न सहित २५ हजार माथि पाउनेछन् । इच्छुक कामदारले जब ट्राक रिक्रुटमेन्ट प्रालिको कार्यालय धापासी काठमाडौंमा मंसिर ३ देखि ५ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here