यू-१९ एसिया कप : नेपाल दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित

फाइल तस्बिर

११ पुस, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नाे दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित भएकाे छ ।

श्रीलंकाले दिएकाे ३२३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायाे ।

frontline

टेष्ट मान्यता प्राप्त राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपाल लगातार दुई हारपछि नेपाल समूह चरणबाटै बाहिरिएकाे छ ।

यस समूहबाट बंगलादेश र श्रीलंका लगातार दुई खेल जितेर सेमिफाइनल पुगेका छन् ।
नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।

कुवेत पनि लगातार दुई खेल हार्दै बाहिरिएकाे छ ।

नेपालकाे लागि विकेटकिपर अर्जुन साउदले सर्वाधिक ६४ रन बनाउँदा विवेक यादवले ४६, वासिर अहमदले ४३, बसन्त कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका लागि रविन डे शिल्भा र माथिस पाथिरानाले ३-३ विकेट लिए ।

सारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाएकाे थियाे ।

श्रीलंकाका सदिशा राजापाक्षे र चामिन्दु विक्रमासंगेले शतक प्रहार गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे ।

३९ रनमा पहिलो विकेट गुमाएका श्रीलंका लागि सदिशा र चामिन्दुले २२३ रनको शानदार साझेदारी गरे ।

ओपनर शेभोन डानिलले १७ रन बनाए । कप्तान दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे ।

नेपालका मोहम्मद आदील आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here