युवा नेता आशिष लामाको नयाँ म्युजिक भिडियो “ङाला स्टाइल बबाल” सार्वजनिक

मेवालाल यादव
रौतहट – समर तामाङ र जितु लोपचनको आवाजमा रहेको “ङाला स्टाइल बबाल” बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियो “समर तामाङ अफिसियल” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।




गीतका शब्द बुद्ध डोंग तामाङले लेखेका हुन् भने संगीत संयोजन समर तामाङले गरेका छन्। विशेष रूपमा युवालाई लक्षित गरी तयार पारिएको यो नृत्यप्रधान गीतमा रौतहटका चर्चित मोडल तथा युवा नेता आशिष लामा र सिर्जना तामाङको प्रमुख अभिनय रहेको छ।
गीतको निर्देशन चर्चित निर्देशक उत्तम वैबाले गरेका छन्। छायांकनका लागि चपुर गौतम होटल, बागमती रिसोर्ट, र होटल ह्यारिसन लगायतका स्थानहरू चयन गरिएका छन्। आशिष लामाका अनुसार, भिडियोका लोकेसनहरूलाई गीतको विषयवस्तुसँग मेल खाने गरी आकर्षक रूपमा सजाइएको छ।
आशिष लामाले भने, “हामीले मौलिक तामाङ भाका र आधुनिक संगीतको संगम बनाई दर्शकमाझ यो गीत प्रस्तुत गरेका छौं। मनोरञ्जनका साथै सांस्कृतिक झल्को दिनेसमेत प्रयास गरिएको छ।”
यो गीतले नेपाली समाजको आधुनिक जीवनशैलीलाई झल्काउने प्रयास गरेको छ र दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्