युरोपमा पुन: बढ्दै कोरोना, विश्व स्वास्थ्य संगठनद्वारा गम्भीर चिन्ता व्यक्त

५ मंसिर, युरोप । युरोपमा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले गम्भीर चिन्ता व्यक्त गरेको छ।

संक्रमण रोक्नका लागि तत्काल प्रभावकारी कदम नचालिएमा कोरोना भाइरसका कारण आउँदो मार्चसम्ममा थप पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी डब्लुएचओका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगले दिएका छन्।

frontline

संक्रमण रोक्नका लागि मास्कको प्रयोग तत्काल बढाउन उनले सुझाव दिएका छन्।

युरोपका विभिन्न देशमा अहिले संक्रमण बढ्दो क्रममा छ। केही देशले आंशिक तथा पूर्ण लकडाउन गरेका छन्।

जाडो याम, खोप अभियान तीव्र नहुनु तथा तीव्र गतिमा संक्रमण फैलिने डेल्टा भेरियन्टका कारण युरोपमा पछिल्लो समय संक्रमण बढ्दै गएको डब्लुएचओको भनाइ छ।

खोप अभियानलाई तीव्र बनाउने तथा आधारभूत स्वास्थ्य मापदण्ड सबैले पालना गरेको अवस्थामा संक्रमण नियन्त्रणमा लिन सकिने भए पनि अहिले त्यो अवस्था नरहेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here