युद्धका लागि बोलाउने डरले रूसी पुरुषहरूले देश छाड्न थाले

८ असोज, किभ (बीबीसी) । युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयबाट बच्न रूसी पुरुषहरूले देश छाड्न थालेका छन्। 

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ। यो निर्णयसँगै रूसको सिमानामा लामा लामहरू देखा परेका छन् त्यसमा धेरै पुरुष छन्।

frontline

यद्यपि क्रेमलिनले लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ। तर, जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौं किलोमिटर लामा ताँती बनेका छन्।

नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए। उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए।

केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्। त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here