युक्रेनले रुसलाई बैठक बस्न अनुरोध

फाइल तस्बिर

३ फागुन, युक्रेन ।  युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ।

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले यो चलिरहेको सैन्य तैनाथीको बारेमा कुरा गर्ने हाम्रो औपचारिक अनुरोधलाई बेवास्ता गरेको बताएका छन्।

frontline

उनले भने, ‘हाम्रो अर्को चरण रुसको योजनाबारे ‘पारदर्शिता’का लागि आगामी ४८ घण्टाभित्र भेट्ने हो, हामीले बैठक बस्न अनुरोध गरेका छौं।’

रुसले युक्रेनसँगको सिमानामा झण्डै एक लाख सेना तैनाथ गरेको भए पनि युक्रेनमाथि आक्रमण नगर्ने बताउँदै आएको छ।

तर केही पश्चिमी देशहरूले रुसले सैन्य कारबाहीको तयारी गरिरहेको चेतावनी दिएका छन्। गत हप्ता अमेरिकाले रुसले युक्रेनमा ‘कुनै पनि समय’ हवाई बम आक्रमण गर्न सक्ने बताएको थियो।

अमेरिका लगायत दर्जनौं देशले आफ्ना सबै नागरिकलाई युक्रेन छाड्न पनि चेतावनी दिएका छन्। धेरै देशले युक्रेनको राजधानी कीभमा रहेको आफ्नो दूतावासबाट कर्मचारी फिर्ता बोलाउन थालेका छन्।

सीबीएस न्यूजले तीन स्रोतलाई उद्धृत गर्दै आगामी ४८ घण्टाभित्र अमेरिकाले किभबाट आफ्ना सबै कर्मचारी फिर्ता गर्ने तयारी गरिरहेको बताएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here