युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
१४ कात्तिक, काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।






प्रतिक्रिया दिनुहोस्