युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने, १ सय ३७ को मृत्यु

१३ फागुन, युक्रेन  । युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने भएका छन्। युक्रेनको आन्तरिक मामिला मन्त्रालयले सबै युक्रेनीलाई देशको रक्षा गर्न हतियार उठाउने बेला आएको बताएको छ।

युक्रेनमा जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ।  

frontline

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीनतर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढेका थिए। बिहीबारबाट भएको रुसी हमलामा परेर हालसम्म युक्रेनमा १ सय ३७ युक्रेनीको मृत्यु भएको छ।
 
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको आक्रमणको पहिलो दिन युक्रेनमा १३७ सर्वसाधारण मारिएको बताएका हुन् । जसमा सैनिक र सर्वसाधारण भएका उनले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here