युक्रेनको ओडेसामा १५ लाख बढी मानिस अन्धकारमा

२५ मंसिर, किभ । युक्रेनको ओडेसामा शनिबार अन्धकार छाएको छ । यहाँका ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएको छ । बन्दरगाह सहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अलजजिराले उल्लेख गरेको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नागरिकलाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह सहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन् ।

frontline

युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वका क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा संरचनामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो । अधिकारीका अनुसार शनिबार बिहानको समयमा रुसी पक्षबाट महत्त्वपूर्ण प्रसारणलाइन र मेसिनरीमा प्रहार गरिएको थियो ।

अस्पताल र प्रसूति वार्डलगायत महत्त्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ । “अहिलेसम्म सहर बिजुलीविहीन छ,” राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन् ।

युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर ओडेसामा यस वर्षको फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसंख्या थियो ।

यसैबीच, नोभेम्बरमा दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रुसले आक्रमण गरेको र स्थिति बिग्रँदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन् ।

“करिब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,” निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here