युक्रेनका सरकारी वेवसाइटमा व्यापक साइबर हमला

१ माघ, किभ ।  युक्रेनका सरकारी वेवसाइटमा व्यापक साइबर हमला भएको छ। युक्रेन सम्बन्धमा रुस र पश्चिमा मुलुकबीच बसेको बैठकलगत्तै त्यहाँका सरकारी वेवसाइटमा शुक्रबार व्यापक साइबर हमला भएको हो।

‘युक्रेनका नागरिकहरुको खराब समय नजिक रहेको’ धम्की दिँदै साइबर हमला गरिएको छ। युक्रेनको मुद्दाबारे कुनै पनि निचोडमा नपुग्दै सो हमला भएको बताइएको छ।

frontline

युक्रेनको विदेश मन्त्रालय र शिक्षा मन्त्रालयलगायत अधिकांश सरकारी वेवसाइटमा खतरनाक साइबर हमला भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

हमलाकारीहरुले ‘युक्रेनी नागरिकहरु, यतिबेला सबै सूचना बाहिरिएको छ। तिमीहरु डराएर बस र अझै खराब समयको प्रतिक्षा गर।

यो नै तिमीहरुको विगत, वर्तमान र भविष्य हो’ सन्देश लेखेर सरकारी वेबसाइटहरुमा पठाइएको बताइएको छ।

सो साइबर हमला कसले र किन गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here