युक्रेनका राष्ट्रपति र फ्रान्सका राष्ट्रपतिबीच फोन वार्ता
१६ माघ, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ ।
उहाँहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार उहाँहरुका बीचमा खासगरी पूर्वी युक्रेनमा रुसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।
पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ ।
यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन् ।
तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाईको खण्डन गर्नुभएको छ । उहाँले युक्रेनमा हमला गर्ने योजना नरहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्