युएनडीपीद्वारा अंगोलालाई ३ मिलियन अमेरिकी डलर अनुदान
लुआण्डा, असोज (रासस-सिन्ह्वा) संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले शुक्रबार अंगोलासँग तीन मिलियन अमेरिकी डलर प्रदान गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
युएनडीपी आवासीय प्रतिनिधि एडो स्टोर्क सँग हस्ताक्षर समारोहमा सहभागी हुँदै अंगोलाका अर्थव्यवस्था र योजना मन्त्री मारियो क्याटानो जोआले उक्त सम्झौताले अनौपचारिक अर्थव्यवस्थालाई पुनर्संरचना कार्यक्रम को दायरा भित्र ल्याउँन सहयोग पुर्याउँने बताएका छन् ।
अनौपचारिक अर्थतन्त्रमा यस्ता गतिविधिहरु हुन्छन् जसको बजार मूल्य हुन्छ तर औपचारिक रूपमा दर्ता वा नियमन हुँदैन। यो सामान्यतया विकासशील देशहरूमा अर्थव्यवस्थाको एक महत्त्वपूर्ण हिस्साको रूपमा रहेको हुन्छ। —–
प्रतिक्रिया दिनुहोस्