युएईले नेपाललाई स्वास्थ्यजन्य सहयोग गर्ने

फ्रन्टलाइन कोभिड । नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारको तर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो । नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत सहयोगका लागि अनुरोध गरिएको थियो । यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

frontline

यस्तै यूएईमा रहेका नेपाली समुदायले समेत नेपालका लागि सहयोग गर्न कोभिड १९ मातृभूमि सहयोग अभियान सञ्चालन गरिरहेका छन् । यहाँ रहेका सम्पूर्ण नेपाली सङ्घसंस्था तथा कार्यरत सबै नेपाली मिलेर नेपाली दूतावासको संरक्षणमा अभियान स सञ्चालन गरिरहेको दूतावासले जनाएको छ । अभियानबाट अहिलेसम्म १० लाख रुपैयाँ सङ्कलन भएको अभियानकर्ता नेपाल एसोसिएसनका महासचिव नरेश शेनले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here