यादवले थुनुवाहरुको लागि जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण
मेवालाल यादव
मंसिर २८, रौतहट
गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा थुनुवा तथा प्रहरी कर्मचारीहरुको लागी संचालनमा रहेको पुस्तकालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागी उपन्यास , कबिता ,जिवनी ,अंग्रेजि लगायतका बिभिन्न बिधाका १५७ थान पुस्तकहरु हस्तान्तरण गरिएको छ ।
गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले जिल्ला प्रहरी कार्यालय पुगेर जिल्लाका प्रहरी प्रमुख महिन्द्र कुमार श्रेष्ठलाई उक्त पुस्तक आज हस्तान्तरण गरेका हुन ।
हिरासत कक्षमा रहेका थुनुवाहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबद्र्धक बनाउन सफलता मिल्ने उदेश्यले गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले पुस्तक हस्तान्तरण गरेका बताउनुभयो ।
प्रहरी हिरासतलाई जीवन काँडा कि फूल, एक मिनेट, जीवन परिर्वतन, सबै जातकोे फुलबारी, रोमाञ्चित जीवन, दशगजामा उभिएर, लु, तयारीको जित, फुलको आँखा लगायतका पुस्तक प्रदान गरिएको गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले बताए
।
बिभिन्न मुद्धामा पक्राउ परी अनुसन्धानकाक्रममा हिरासतमा राखिने थुनुवालाई लक्ष्यित गर्दै जिल्ला प्रहरी कार्यालयले हिरासत पुस्तकालय स्थापनाको अभियान सुरु गरेको हो ।
हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउनका लागि पुस्तकालयको अवधारणा अघि सारिएको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्