यहि वर्षबाट ५० मेघावाट बिद्युत बंगलादेश जान्छ : उर्जामन्त्री भूषाल

फाइल तस्बिर

२५ भदौ, चितवन । उर्जामन्त्री पम्फा भूषालले नेपाल सरकारले वंगलादेशलाई विद्युत निर्यातको लागि तयारी गरिरहेको बताउनु भएको छ ।

आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै उहांँले यही बर्ष बंगलादेशलाई विद्युत निर्यात गरिने बताउनुभएको हो । हाल नेपालले भारतमा बिजुली बिक्रि गर्दै आएको छ ।

frontline

उहाँले भन्नुभयो “हामीले अहिले सम्म भारतमा मात्रै बिद्युत निर्यात गरेका छौं । अब बंगलादेश पनि निर्यात हुदैछ ।”

जलबिद्युत उत्पादनमा साझेदारी गर्न सहमती भएको उहाँले जानकारी दिनुभयो । उहाँले थप्नुभयो “यहि वर्षबाट ५० मेघावाट बिद्युत बंगलादेश जान्छ ।”

उर्जालाई उत्पादनको माध्यम बनाउने भन्दै मन्त्री भूषालले गरिबीको रेखा मुनी रहेका जनतालाई निःशुल्क गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घरायासी प्रयोजनाका लागि मूल्य घटाईएको छ भने कृषि र सिचाईमा ७५ प्रतिशत महशुल घटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here