म्याग्दालेना एन्डरसन बनिन् स्विडेनकी पहिलो महिला प्रधानमन्त्री

८ मंसिर, काठमाडौं । संसदमा आवश्यक मत प्राप्त गरेपछि बुधवार म्याग्दालेना एन्डरसन स्विडेनकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । 

एन्डरसनले साँघुरो विजय प्राप्त गरेकी हुन् । जम्मा एक भोटले उनको सरकार बनेको हो । 

frontline

उनी यसअघि अर्थमन्त्री थिइन् । नोभेम्बर महिनाको आरम्भतिर उनी सोसल डेमोक्रेट्स पार्टीकी प्रमुख बनेकी थिइन् । 

मंगलवार अबेर राति उनले लेफ्ट पार्टीसँग सहमति गरेर सरकार बनाउनका लागि गठबन्धन गरेकी थिइन् । 

लेफ्ट पार्टीसँगको सम्झौताबाट गरीब पेन्सनरहरूलाई सहयोग गर्ने एन्डरसनले बताइन् । 

उनलाई ग्रीन पार्टीले पहिलेदेखि नै समर्थन गर्दै आएको थियो । 

सेन्टर पार्टीले पनि एन्डरसनलाई विरोध नगर्ने बरू भोटै नदिने भनेपछि उनलाई सरकार बनाउने बाटो खुलेको हो ।

एन्डरसनको पक्षमा ११७ सांसदले मत दिएका थिए भने विपक्षमा १७४ मत परेको थियो । ५७ जना मतदानमा अनुपस्थित रहे । 

स्विडेनको संसदीय प्रणालीमा प्रधानमन्त्री बन्नका लागि बहुमत ल्याउनुपर्दैन । उम्मेदवारका विरुद्ध १७५ जना सांसद नभए पुग्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here