मोरिससद्वारा पहिलो खेलको टोलीमा रहेका ६ खेलाडी परिवर्तन
१८ माघ, काठमाडौं । अफ्रिकन मुलुक मोरिससले नेपालविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पहिलो खेलको टोलीमा रहेका ६ खेलाडी परिवर्तन गरेको छ ।
पहिलो खेलका कप्तान तथा गोलकिपर केभिन लुइसलाई आज बेन्चमा राएिको छ । आज एन्डी सोफी, लोइक मिचेल, केरिसन अगस्थे, बशिष्ट कलकत्ता, एड्रिन जेन–चार्लिज बोट्लर र लिन्सले ब्रासीले पहिलो रोजाइमा स्थान बनाएका छन् ।
मोरिसस फुटबल संघले फेसबुक पेजमा राखेको टिमअनुसार जोनाथन स्पेभिलले, रोडने क्यास्टल, पास्कल डमिन बालिसन,भविस रासाडाराइजिङ र लुइस फर्नान्डो ज्याक्सन भने पहिलो खेलकै खेलाडी हुन् ।
पहिलो खेलमा मोरिसस १–० ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले ५५औं मिनेटमा गोल गरेका थिए । दोस्रो खेल दशरथ रंगशालामा ४ः४५ बजे हुनेछ ।
मोरिसस टिमः
गोलकिपरः– लोइक मिचेल
रक्षकः– जोनाथन स्पेभिलले, रोडने क्यास्टल, केरिसन अगस्थे, पास्कल डमिन बालिसन
मिडफिल्डरः– बशिष्ट कलकत्ता, लुइस फर्नान्डो ज्याक्सन, एड्रिन जेन–चार्लिज बोट्लर, लिन्सले ब्रासी, भविस रासाडाराइजिङ
फरवार्डः– एन्डी सोफी
प्रतिक्रिया दिनुहोस्