मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

१५ पुस, वीरगन्ज । मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्लाको बगही गाउँकी ७० वर्षीया मुस्मतिया देवी सहनी रहेको प्रहरीले बताएको छ।

पर्साको परवानीपुरस्थित केडिया आँखा अस्पतालमा उपचार गराउन जाँदै गर्दा वीरगन्ज १४ स्थित बाइपास सडकमा मोटरसाइकलबाट खसेर ती महिलाको मृत्यु भएको हो ।

frontline

प्रहरीका अनुसार, छोरा शर्मानन्द सहनीले हाकेको बीआर ४०५ एइ ०३३२ नम्बरको मोटरसाइकलमा सवार मुस्मतिया देवीलाई अचानक चक्कर लागेपछि छोरा शर्मान्दले मोटरसाइकल रोक्न नपाउँदै खसेर उनको मृत्यु भएको हो ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here