मोटरसाइकलको ठक्करले घाइते भएका भारतीय नागरिकको मृत्यु

२७ मंसिर, विराटनगर ।  बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ ।

 प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।

frontline

उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्ग अन्तर्गत बूढीगंगा–१ स्थित गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको जानकारी खड्काले दिएका छन् ।

दुर्घटनामा  मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी  सामान्य घाइते भएका छन् ।

अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको  छ । प्रहरीका अनुसार अधिकारीको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here