मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

८ कार्तिक, विराटनगर : मोरङको लेटाङमा मोटरसाइकलको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–९ मा मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ५० वर्षीया अम्बिका ढकाललाई बिहान ९ : ३० बजेतिर ठक्कर दिएको थियो ।

frontline

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।

उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here