मोटरसाइकल पुलबाट खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु

३० जेठ, वीरगन्ज । बाराको महागढीमाइ नगरपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुलाकी सडकअन्तर्गत पर्ने थलही पुलबाट आइतबार मध्यरातमा प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक बाराको सुर्वण गाउँपालिका- ७ सनफुल्वा टोल घर भएका ३५ वर्षीय वीरुलाल यादव र मोटरसाइकलमा पछाडि सवार भारत बिहारको पुर्वि चम्पारण समरपुर- २ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । 

frontline

दुर्घटनामा घाइते भएका दुवै जनाको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

तीब्र गतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ पुलबाट तल खोलामा खसेको थापाले जानकारी दिए।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here