मेरा बाउ निश्चल छन्:पूर्णिका शाह
मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन्
काठमाडौं । पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहको टिकटकको एउटा भिडिओ सार्वजनिक भएको छ ।
रक्सी सेवन गरेर बोलेको जस्तै देखिने उक्त भिडिओमा उनले आफ्नो पिता पारस शाहको बारेमा बोलेकी छिन् ।
पूर्णिका शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि ।’
उनले अधिकांश अंग्रेजी वाक्य बोलेकी छिन् । आफ्नो पिता निश्चल भएको बताएकी छिन् ।
आफ्नो पिताले राम्रो कुरा मात्र नदेखाउने र सबै कुरा खुलस्त देखाउने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’
उनको उक्त टिकटक अहिले टिकटकमा खोज्दा भेटिदैन । भिडिओको क्लिक सामाजिक सञ्जालमा चर्चामा छ ।
हेरौं उक्त भिडिओ क्लिप
प्रतिक्रिया दिनुहोस्