मेयर बालेनले कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमन गर्ने

फाइल तस्बिर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् ।

बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।

frontline

महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ ।

बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् ।

सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here