मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी छानबिन, विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग
२७ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले बढी शुल्क लिएको र नोवेल मेडिकल कलेजले धम्कीपूर्ण शैलीमा शुल्क असुलेको भन्दै उनीहरूले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन् ।
सात विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कलेज सञ्चालकलाज्ञ तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न । कलेजमाथि छानबिन गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।’
नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा सुरक्षा गार्डको भेषमा कलेजले गुण्डा राखी विद्यार्थीमाथि ढुङगामुढा गरेको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्