मृत्युदण्डमा प्रयोग हुने विषाक्त इन्जेक्सन दिनमा गल्ती गरेबापत दुई सरकारी अधिकारी जागिरबाट बर्खास्त

८ माघ, न्युयोर्क । अमेरिकाको टेन्नेस्सीको प्रान्तीय सरकारले राज्यको विषाक्त इन्जेक्सन दिने प्रणालीमा थुप्रै गल्ती गरेबापत दुईजना वरिष्ठ सरकारी अधिकारीलाई जागिरबाट बर्खास्त गरेको छ । सुधार विभागले प्रमुख वकिल डेब्रा इन्गिलिस र महानिरीक्षक केल्ली योंगलाई जागिरबाट निकालेको हो ।

स्वतन्त्र छानबिनपछि निस्केको प्रतिवेदनअनुसार टेन्नेस्सीका कारागारहरुमा कैदीहरुलाई मृत्युदण्ड दिइन प्रयोग हुने विषाक्त खोपमा दुषित पदार्थ छ वा छैन भन्नेबारे राम्ररी परीक्षण नहुने गरेको बीबीसीले लेखेको छ ।

frontline

पछिल्ला केही महिनामा अमेरिकीका थुप्रै राज्यमा थुप्रै मृत्युदण्ड प्रक्रिया असफल भएपछि विषाक्त इन्जेक्सनमाथि गम्भीर छानबिन थालिएको हो ।

मृत्युदण्ड सुचना केन्द्रले सार्वजनिक गरेको अर्को छुट्टै प्रतिवेदनमा सन् २०२२ मा अमेरिकामा दिइएको मृत्युदण्डमध्ये एकतिहाइ असफल वा निकै समस्याजनक भएको पाइएको उल्लेख गरिएको छ । 

टेन्नेस्सीमा अहिले विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइने प्रक्रियामा परिवर्तनहरु ल्याउनेबारे अधिकारीहरुले विचार गरिरहेका छन् । सोही समयमा मृत्युदण्डलाई स्थगित गरिएको छ । 

रिपब्लिकन गवर्नर बिल लीले गत मे महिनामा ओस्कार स्मिथ नामक कैदीलाई मृत्युदण्ड दिइनु एक घण्टाअघि विषाक्त इन्जेक्सनको तयारीमा गल्ती आएको भन्दै मृत्युदण्ड रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline

विश्व परिवेश

poster-here