मुस्ताङ थासाङ –३ कैकु खोलामा सडक अवरुद्ध, २५ मिटर सडक क्षति

फाइल तस्बिर

१६ साउन, जोमसोम । राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडकखण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ कैकु खोलामा आइतबार साँझदेखि सडक अवरुद्ध भएको छ ।

थासाङको कैकुमा सडक माथिको ठाँडो खोलाको बहाव उच्च हुँदा करिब २५ मिटर सडक क्षति पुगेको थियो ।

frontline

अविरल वर्षाका कारण कैकु खोलाले सडक संरचनामा क्षति पुगेपछि आइतबार साँझदेखि बेनी–जोमसोम सिधा सम्पर्क टुटेको हो ।

कैकु खोलाको बाढीले सडक अवरुद्ध भएसँगै जोमसोमबाट बेनी र बेनीबाट जोमसोमतर्फ प्रस्थान गरेका सवारी साधन तथा मालवाहक ट्रकहरु सडकमै अलपत्र परेका छन् ।

कैकु खोलामा यसअघि खोलाको स्पेस फराकिलो भएको र सडक समेत क्षति पुगेका कारण सडक आवागमन सहज गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचन,थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप शेरचन,बेनी जोमसोम सडकका आयोजना प्रमुख जगत प्रजापती र शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपाने लगायतको टोली अहिले थासाङको कैकु पुगेको छ ।

थासाङ कैकु खोलामा यसअघि एउँटामा हिम पाईप बिछ्याएको थियो । तर खोला स्पेश बढेपछि अहिले थप ३ वटा हिमपाईप बिछ्याउने तयारी भइरहेको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

‘कैकुमा थप हिमपाइप व्यवस्थापन गर्न नसके वर्खाभरी यातायात असहज हुन्छ,’उनले भने,’यसलै हिम पाईप मगाएर बाटो खुलाउन पहल गरेका छौं ।’

यस्तै बेनी–जोमसोम सडक आयोजना प्रमुख जगत प्रजापतीले हिमपाइप राख्ने र बिग्रेको सडक मर्मत गरेपछि साँझसम्ममा सडक आवागमन सहज हुने जानकारी दिए ।

वर्षायाममा बाढी/पहिरो र नदी कटानले ठाउँ ठाउँमा सडक क्षति हुने भएकाले जतिसक्दो बाटो सुचारु गराउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here