मुम्बईको लगातार तेश्रो हार

 हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन।

५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ ।  राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो।

frontline

जितका लागि १ सय २६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २७ रन जोड्दै पूरा गर्‍यो । रियान परागले ३९ बलमा ५ चौका र ३ छक्कासहित नटआउट ५४ रन जोडेका थिए  ।

 रविचन्द्रन आश्विन १६,  जस बटलर १४,सन्जु स्यामसन १३ ,यशस्वी जैसवालले १० रन  र शुभम दुबेले नटआउट ८ रन बनाए थिए। मुम्बईका  आकाश मधवालले ३ र क्वेना मफकाले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर मुम्बईलर पहिला ब्याटिङको निम्तो पाएको थियो।‌ मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाएका थिए । तिलक बर्मा  ३२, टिम डेविडएले १७, इशान किशन १६ रन जोडेका थिए। रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिरले रनको खाता खोल्न सकेनन्।

राजस्थानका ट्रेन्ट बोल्ट र  युजभेन्द्र चहलले समान ३, नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिएका थिए । सबै ३ खेल जितेको राजस्थान  ६ अंकका साथ शीर्ष स्थानमा छ ।

२ खेलमा दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र ३ खेलमा तेस्रो स्थानमा रहेको चेन्नाई सुपर किङ्स र चौथो स्थानको‌ गुजरात टाइटन्सको‌ समान ४ अंक छ ।
आइपिएलमा मंगलबार रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here