मुम्बईको ‘निर्भया’ प्रकरण : महिलालाई बलात्कार गरी उनको गुप्ताङ्गमा रड प्रहार

एजेन्सी । मुम्बईमा ‘निर्भया’ प्रकरणजस्तै मुटु काँप्ने अर्को बलात्कारको घटना बाहिर आएको छ। जहाँ एक महिलालाई बलात्कार गरी उनको गुप्ताङ्गमा रड प्रहार गरिएको छ।

घटनाको सूचना पाउनेबित्तिकै प्रहरी अनुसन्धानमा जुटेको छ। यो दर्दनाक अपराध मुम्बईको साकीनाका इलाकाको हो। खैरानी रोडमा एक ३० वर्षीया महिलाको बलात्कार गरेर पछि उनको गुप्ताङ्गमा रड हालिदिएका छन्।

frontline

महिलालाई हाल अस्पताल लगिएको छ। उनको अवस्था एकदमै गम्भीर रहेको छ। प्रहरीले घटनामा संलग्न भएको आशंका एक आरोपीलाई पक्राउ गरेको छ। पक्राउ परेका ब्यक्तीसँग सोधपुछ भइरहेको छ।

एक प्रहरी अधिकारीका अनुसार मुम्बई प्रहरीको नियन्त्रण कक्षमा शुक्रबार ३ः३० बजे एक फोन आएको थियो। फोनमा साकीनाकाको खैरानी रोडमा एक महिला रगताम्य अवस्थामा बेहोस फेला परेको बताइएको थियो।

त्यसपछि प्रहरी तुरुन्त घटनास्थल पुगेको थियो। त्यहाँबाट महिलालाई उठाएर अस्पताल लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here