मुगु बस दुर्घटना ः २० को मृत्यु भएको प्रारम्भिक विवरण

– प्रकाश अधिकारी

कर्णाली, २६ असोज (रासस)ः नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको यात्रुबाहक बस छायाँनाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटनामा परेको छ ।

frontline

भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा ३९ यात्रु सवार थिए ।

प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश बहादुर ऐरले सो घटनामा २० जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको बताउनुभयो ।

मृतकको संख्या बढी हुन सक्ने उहाँले बताउनुभयो । घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here