मिल चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मंगलबार, सन्धिखर्क ।   बिजुलीबाट चल्ने मकै पिस्ने झातो (मिल) चलाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीय कमला राना आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने झातो चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । 

frontline

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here