मिडिया परिचालन सम्वन्धी कार्यक्रम संपन्न

चन्दन कुमार महतो २८ साउन

frontline

ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको आयोजना तथा वर्ल्ड भिजनको आर्थिक सहयोगमा रौतहटको चन्द्रनिगाहपुरमा मिडिया परिचालन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सोमबार संपन्न भएको छ !
वर्ल्ड भिजन इंटरनेशनल नेपालको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा रौतहटको गरुडा नगरपालिका र माधव नारायण नगरपालिकामा संचालित परियोजनाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो !
मिडिया परिचालन तालीममा सहभागी भएको परियोजनाका कर्मचारी र संचारकर्मीहरुलाई सहयोगी सस्था वर्ल्ड भिजनका स्पोन्सरशिप फील्ड कोर्डिनेटर बाल कृष्ण खडकाले स्थानीय साझेदार सस्था ग्रामीण विकास केन्द्र नेपाल संगको सहकार्यमाँ संचालित बाल संरक्षण र सामुदायिक संलग्नता तथा स्पोन्सरशिप साथै पोषण र उत्थानशील जीविकोपार्जन कार्यक्रमको अवधारणा ,लक्ष्य एवं उद्देश्यको बारेमा जानकारी गराएका थिए !
खडकाले गरुडा नगरपालिकामा ३२५० र माधव नारायण नगरपालिकामा ४ हजार गरी ७ हजार २ सय ५० जना दर्ता गरिएका बालबालिका रहेको जानकारी गराए ! अति गरीवी रेखा मुनि रहेका परिवारका बालबालिका ,कुपोषणका शिकार भएका , हिंसामा परेका असक्त अपांग बालबालिकालाइ सहयोगी सस्था ले सहयोग दिने गरेको उनले जनाए !
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले
समाचार लेखन बिषयको बारेमा प्रशिक्षण दिएका थिए ! आयोजक सस्थाका उपाध्यक्ष ममता झाको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा २० जनाको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here