मानव बेचविखनमा परेका चार जनाको भारतबाट उद्दार
२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखनमा परेका चार जनालाई भारतबाट उद्दार गरेको छ ।
उद्दार गरिएकामा २ महिला र २ बालबालिका रहेका छन् । उनीहरूलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको हो ।
झापा जिल्लाबाट २ वर्ष अगाडि आ–आफ्नो एक/एक जना नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २ जना युवतीको खोजतलास गर्दै जाने क्रममा भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा भेटिएका थिए ।
उनीहरुलाई आकर्षक काममा लगाइ दिने प्रलोभन देखाइ बेचविखन गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुलाई उद्दार गरेको हो ।
मानव बेचविखन कसूरमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्