माधव नेपालले अध्यक्ष ओलीमाथि लगाएका आरोप
बुधवार, काठमाडौँ । एमाले नेता माधव कुमार नेपालले केपी ओलीकै कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन् ।
पार्टी कमजोर हुनुमा केपी ओलीले आत्मसमीक्षा गर्नुपर्ने नेता नेपालको भनाइ छ ।
आफू पक्षीय ६ वटा जनवर्गीय संगठनका नेता तथा कार्यकर्तालाई मंगलबार सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।
अपराह्न ४ बजेपछि नेता नेपालले आफू पक्षीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीप्रति कडा टिप्पणी गरेका थिए ।
यस क्रममा उनले ओलीकै कारण पार्टी विघटनको अवस्थामा आइपुगेको आरोप समेत लगाए ।
यी हुन् नेपालले अध्यक्ष ओलीमाथि लगाएका आरोप:
-पार्टीलाई विघटनको अवस्थामा पुर्याएको
-नेपाली कम्यु्निस्ट आन्दोलन कमजोर बनाएको
-दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई खुम्च्याएको ।
-दोष जति सबै अरुलाई दिने गरेको ।
-आफ्नै नजिकका कार्यकर्तालाई पनि चिढ्याएको ।
-आत्म समीक्षा नगरेको।
-देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको ।
-देशभक्तिको झण्डा सुरुमा उठाए पनि पछि फालेको । र विदेशीसँग लम्पसार परेको ।
-लोकतन्त्रको मुल्य मान्यतालाई परित्याग गरेको।
-राजावादी शक्तिहरुसँग साँठगाँठ गरेको ।
-निकट नेता र कार्यकर्तालाई संघीयता विरोधी आवाज उठाउन लगाएको ।
-५ वर्षका लागि बनेको संसद २/२ पटक विघटन गरेको ।
-सर्वोच्च अदालतको आदेश नमानेको ।
-कुर्सीमोहमा लिप्त ।
-बिध्वंसकारी संस्कृति देखाएको।
प्रतिक्रिया दिनुहोस्