माधव कमरेड लाई खुल्ला पत्र

माधव कमरेड हिजो तपाइले सिपी मैनालीको राजनीति करिअर समाप्त पारि दिदा तपाई सही, आज केपीले तिम्रो राजनीतिक करिअर समाप्त पारि दिदा केपी कसरी गलत भए। आज आएर तपाईलाई आफैले खनेको, सिपी मैनाली पथ प्यारो लाग्दैछ । हिजो तपाइले सिपी मैनालीहरुलाई लखेट्नु भयो आज केपीले तपाईं लखेट्दै छन्। तपाईंलाई स्मरण नै छ होला, पार्टी विभाजन गर्दा सिपी मैनालीले झन्डै ५० प्रतिशत हाराहारीमा कार्यकर्ता लिएर पार्टी टुक्रा पारेका थिए, तर पनि आज मैनालीहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ। तपाइँ संग त एक चौथाईको पनि समर्थन तपाईलाई खोज्ने अर्कै नया app को अविस्कार गर्नु पर्ने निश्चित छ। माओवादीबाट छुट्टिएर गएका मोहन बैद्य, बाबुराम, विप्लबहरुको अवस्था हेर्नुस्, आज कस्तो छ। काङ्ग्रेस भित्र शेर बहादुर देउवा छुट्टिएर जाँदा कुन हालतमा पुगेका थिए, अबस्य तपाइलाई थाहा छ होला, म जाबो नाथेले भनि रहनु नपर्ला ? रामकुमारी झाक्री, योगेश भटराई र झलु जस्ता निकम्बा हरुलाई साथमा लिएर हजुर हिड्दै गरेको बाटो भनेको ( काशी जान कुतीको बाटो ) जस्तै हो। प्रचण्डको कुटिल चाल र माया जालमा फसेर सन्किएर, आग्रह पूर्वाग्रह राखी गरेको निर्णयले माधब कुमारलाई सिपी मैनाली बनाउने छ। सौताको रिसले श्रीमानको ओछ्यानमा पिसाब फेरे जस्तो नगर्नु पर्ने थियो, त्यही गर्नु भयो। देखाइदिन्छु भनेर अगाडि बढ्नु भयो, देखाइदिने होइन, आफैँ देख्नु हुनेछ। तपाई सिपी मैनाली बन्दै गर्दा गुगलमा नभेटीए पनि मेरो सामाजिक संजालमा अबश्य भेटिनु हुनेछ किन की देश धर्म बिरोधि दलाल लाई कालले छाड्ला मैले छाडदिन।

Raju Chhetri

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here