माथिल्लो तामाकोसीका कर्मचारीको आन्दोलन कार्यक्रम फिर्ता

१८ कार्तिक,दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।

कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए।

frontline

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए।

आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए।

लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।

तर स्वतन्त्र कर्मचारी यूनियन नेपालले भने केही समयका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ। शान्तिपूर्ण आन्दोलन भने कायमै रहेको कर्मचारीहरूले बताएका छन्।

यूनियनले घोषणा गरेका आन्दोलनका थप कार्यक्रम माग पूरा नभएसम्म सञ्चालन भइरहने पनि उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here