माडीमा बर्षाले खतराको तह भेट्यो

श्रोत:ईन्टरनेट

बाढीले बगाएर ल्याएको दाउरा समात्ने, माछा मार्ने र पौडी खेल्ने लगायतका जोखिम कार्यहरु नगर्न नगरपालिकाको अनुरोध

चितवन । बिगत दुई दिनदेखि अनवरत हल्का र मध्यम स्तरको बर्षा भइरहेको माडी क्षेत्रमा बर्षाले खतराको तह भेटेको छ ।

पछिल्लो २४ घण्टामा माडीको छरछरेस्थित बर्षामापन केन्द्रमा २७९.४ र कल्याणपुरस्थित बर्षामापन केन्द्रमा २०४.८ मिलिमिटर (यो खबर पोस्ट गर्दाको समयमा) बर्षामापन भएको हो । बर्षाका कारण रीउ, मगोई, चितई लगायतका खोला र खहरेहरुमा पानीको सतह बढेको छ ।

frontline

यसैबिच, लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन माडी नगरपालिकाले आग्रह गरेको छ ।

यो समयमा बाढीले बगाएर ल्याएको दाउरा समात्ने, माछा मार्ने र पौडी खेल्ने लगायतका जोखिम कार्यहरु नगर्न र विपत्ति आइपरेमा तत्कालै सुचना प्रवाह गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

उता, जिल्ला प्रशासन कार्यालय चितवनले समेत नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्लाका सबै सुरक्षा निकायलाई पनि अलर्ट हुन भनिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

प्राकृतिक बिपदका केही तस्बिरहरु :
श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here