माछा मार्ने क्रममा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका- ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

frontline

शनिबार दिउँसो चिलदमाइ खोलामा माछा मार्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको  छ ।

घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक सन्तोष चन्दसहित ५ जनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here