माघीको अवसरमा लुम्बिनी सरकारले दिए दुई दिन सार्वजनिक विदा

३० पुस, भैरहवा । माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार माघीको अवसरमा शुुभकामना सन्देश दिँदै दुई दिन सार्वजनिक विदा दिइएको जनाएका छन् ।

frontline

प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । यद्यपि माघ एक गते शनिबार परेकाले स्वतः विदा छ । दुई गते पनि प्रदेशभर विदा दिइएको हो ।

माघी थारु र मगर समुदायको लोकप्रिय चाड मानिन्छ । खासगरी माघी थारु समुदायले हर्षोल्लाससाथ मनाउने गरेका छन् ।

कोरोनाले यस वर्ष माघीका कार्यक्रम भने स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here